मोटरसाइकल दुर्घटनाबाट तनहुँमा एकको मृत्यु

असल शासन प्रतिनिधि

तनहुँ / तनहुँमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेका छन ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घाइते भएकी छिन । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

शनिबार साँझदेखि पानी परेकाले सडक चिप्लो हुँदा मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech