पोलोथिनमा बेरिएको अवस्थामा शिशुको शव फेला

तपेन्द्र मलाती

पोलोथिनमा बेरिएको अवस्थामा शिशुको शव फेला

नेपालगन्ज–बाँकेमा पोलोथिनको कालो झोलामा एक शिशुको शव फेला परेको छ । भेरी अस्पतालको ओटी अगाडि उक्त शव फेला परेको हो ।
शव फालिएको जानकारी पाउनासाथ घटना स्थल प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । शवको आन्द्राभुँडी बाहिर निस्किएको छ भने प्रत्यक्षदर्शीले शिशुको लिङ्ग केटी भएकै कारणले जन्मिनासाथ फालिएको आशंका गरेका छन् भने केहीले अवैध गर्भका कारण शव फालिएको हुनसक्ने बताएका छन् ।
यता बाँके प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले भने शवबारे अनुसन्धान चलिरहेकाले अहिलेनै केही भन्न नसकिने बताएका छन् ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech