सवारी साधनमा भ्रष्टाचारविरोधी स्टिकर

असल शासन प्रतिनिधि

नेपालगन्ज/एक सय बढी सवारी साधनमा भ्रष्टाचारविरुद्धको स्टिकर टाँस गरिएको छ । नेपालगन्ज बसपार्कबाट देशका विभिन्न स्थानमा चल्ने उक्त संख्याका सवारी साधनमा स्टिकर टाँस गरिएको हो ।

बास केन्द्रीय कार्यालय नेपालगन्ज र आशीर्वाद पेन्ट्सले तयार पारेको भ्रष्टाचारविरुद्धको स्टिकर बस तथा हाइसमा टाँस गरिएको हो । नेपालगन्जदेखि काठमाडौं, पोखरा, बिराटनगर, वीरगन्ज, बुटवल, कर्णाली प्रदेशका विभिन्न जिल्ला, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, अछामको साँफेबगर तथा बाँके जिल्लामा सञ्चालित नगर बसमा सो सन्देशमूलक स्टिकर टाँस गरिएको हो । ‘म भ्रष्टाचार विरोधी हुँ, भ्रष्टाचार सहन्न सदाचार बिर्सन्न, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, म घुस लिन्न म घुस दिन्न’ लगायत नारा अङ्कित स्टिकर टाँस गरिएको हो ।

स्टिकर टाँस अभियानमा बासका निर्वतमान अध्यक्ष मन भण्डारी, बासका केन्द्रीय महासचिव शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य नोरी चौधरी, निर्देशक हेमराज भट्ट, कार्यक्रम अधिकृत शुद्धप्रसाद चौधरी, सहजकर्ता शोभा थापा मगर, सिएफए जस्मिन शाह, श्रुती चौधरी, स्वयम् सेवकहरु जनक थापा, मिना घर्ती, तपेन्द्र मलाती, कृष्णबहादुर शाहीलगायतको सहभागिता रहेको थियो ।

  • १६ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech