अवैध हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ

असल शासन प्रतिनिधि

 

काठमाडौं /  काठमाडौंको कुलेश्वरबाट अवैध हुण्डी कारोबारमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई १८ लाख ७८ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौं–१४ कुलेश्वरस्थित कान्तिपुर कोलोनीमा बस्ने ३७ वर्षीय नवराज कार्की, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौंको तार्केश्वर नगरपालिका–१० बस्ने २४ वर्षीय सुमन थापा र भारतको बिहार राज्य बेतिया जिल्ला घर भई काठमाडौं–१४ कुलेश्वर बस्ने ५६ वर्षीय सत्यनारायण प्रसाद रहेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech