झोरा वनमा आगलागी

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर १ स्थित झोरा वनमा आगलागी भएको छ । जंगलमा गएका बालबालिका खेल्ने क्रममा आगलागी भएको स्थानीयले बताएका छन् ।

आगलागी भएको सूचना पाउनासाथ बेतहनी प्रहरी चौकीबाट तीर्थराज जैसवालको कमाण्ड गएको टोलीले स्थानीयसँग मिलेर आगलागीलाई नियन्त्रणमा लिएको छ । समयमै आगलागीलाई स्थानीयसँगको सहकार्यमा नियन्त्रण गर्न सफल भएपछि कुनै क्षति नभएको चौकीका इन्चार्ज सई जैसवालले बताए । झोरा वन नजिकै नयाँ वस्ती गाउँ रहेको छ । नजिकै जंगलमा लागेको आगो नियन्त्रणमा नआएको भए गाउँमा क्षति पुग्ने स्थानीयको भनाइ छ ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech