भगवान्‌को मुकुट चोरी

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जको व्यस्त बजारमा रहेको राधा कृष्ण मन्दिरमा चोरी भएको छ ।
नेपालगन्जको कारकादौं चौक नजिक रहेको सो मन्दिरमा रहेको कृष्ण भगवान्‌को मुकुट र कृष्ण भगवानको पैतला चोरी भएको हो ।
प्राप्त जानकारी अनुसार फाल्गुन १६ गते साँझ ७ बजेर ३० मिनेटको समयमा मन्दिरका पुजारी नियमित पूजाआजा गरी खाना पकाउन गएको मौका छोपी सामाग्री चोरी भएको बताइन्छ ।

मन्दिरको सन्ध्याकालीन आरती गरेर मन्दिरका पुजारी खाना पकाउन गएको र खाना पकाएर भोक लगाउन आउँदा कृष्ण भगवान्‌को मुकुट र पैतला नदेखेपछि स्थानीयलाई चोरीको बारेमा जानकारी गराएका थिए ।

मन्दिर जस्तो स्थलमा भएको चोरीलाई स्वभाविक मान्न नसकिने स्थानीय हरि सुवेदीले असल शासन मिडियालाई बताए । उनका अनुसार झण्डै २५ देखि ३० तोला बराबरको चाँदीको सामाग्री चोरी भएको बताए । सन्ध्याको समयमा नै व्यस्त स्थानबाट सामाग्री चोरी भएपछि प्रहरीले खोज तथा अनुसन्धान अगाडि बढाएको छ । घट्नाको प्रहरीले अनुसन्धान गरिएको बुझिएको छ । चोरी गर्ने व्यक्तिले पुजारीको काम काजमा निगरानी गरिरहेको र मौका छोपी चोरी गरेर फरार भएको हुनसक्ने आशंका गरिएको छ । यद्धपि निकै व्यस्त रहने सो स्थानमा कसरी चोरी भयो र चोर सामाग्री लिएर फरार भयो त्यसले मन्दिरको सम्पत्तिको सुरक्षा प्रवन्धमा प्रश्न उठेको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech