बाघले तानेर लगेका वृद्धको शव भेटियो

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियामा बाघले तानेर लगेका बृद्धको शव भेटिएको छ ।

भैँसी चराउन गएका बर्दिया राजापुर नगरपालिका १० का वृद्ध ६५ बर्षिय लालबहादुर थारुलाई  बाघले लगेपछि घटना स्थलको ५ सय मिटरमा शब फेला परेको हो ।

बाघले बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ६ नौरङ्गापुरबाट झम्टेर लगेको हो । बाघले लगेका बृद्धको हात्तीको सहायतामा खोजी गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए ।

यसअघि केहि समय अगाडि गत पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ ।

बाघको त्रास बढेपछि सोही क्षेत्रमा फागुन १९ गते गर्ने भनिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान दिवसको कार्यक्रम स्थगित गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

आज एक जनाको मृत्यु सहित बर्दियामा एक बर्षको अवधिमा बाघको आक्रमणबाट ७ जनाको ज्यान गइसकेको छ ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech