कोहलपुर किरण नाला नजिकै दुर्घटना : एकको ज्यान गयो, सडक अवरुद्ध

असल शासन प्रतिनिधि

 

कोहलपुर / पूर्वपश्चिम राजमार्ग अन्र्तगत कोहलपुर नगरपालिका ३ किरण नाला नजिकै दुर्घटना हुँदा कोहलपुर ३ का बिरेन्द्र शाहीको ज्यान गएको छ । अहिले दुर्घटना स्थलमा टायर बालेर चक्काजाम गरेको इलाका प्रहरी कार्यालयले जानाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पश्चिमबाट पूर्व आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइक एकआपसमा ठोकिएका थिए ।

यस्तै साइकल यात्री प्रदिप आचार्य गम्भिर घायते छन भने पैदल यात्री प्रकाश महतरा समेत घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

कोहलपुरको किरण नाला स्थानियद्वारा टायर बालेर सडक अवरुद्ध गरेपछि तनावग्रस्त भएको छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech