बाँकेको ढकेरीमा भएको दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर घाइते

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ स्थित ढकेरीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना८ख ५४५६ नम्बरको ट्रकले विपरीत दिशातर्फ गईरहेको भेप३७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको हो भने चालक सोही ठाउँ बस्ने ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते खड्काको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनाका मृतकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रिपर प्रहरीको नियन्त्रणमा रहेको छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech