ताप्लेजुङ र तनहुँमा आगलागी,५५ घर जले

असल शासन प्रतिनिधि

,
ताप्लेजुङ/ ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भएको छ ।अहिलेसम्म ५५ घर नष्ट भएको तथ्यांक आएको छ।

आज मंगलबार बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए ।
यसैविच तनहूँ जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति आगलागि भएको हो ।

गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।

सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech