अर्गानिक विषादी लिएर आयो ‘अमृत’

असल शासन प्रतिनिधि

नेपालगन्ज– सुनवल नवलपरासीमा अवस्थित अमृत एग्रो इण्डष्ट्रिज प्रालिले अब नेपालगन्जमै अमृत एग्रो ट्रेडर्सबाट सेवा दिँदै आएको छ । अर्गानिक विषादीलाई प्राथमिकता दिने उद्देश्यले नेपालगन्ज–१, धम्बोझीमा अमृत एग्रो ट्रेडर्स खुलेको हो ।

बजारमा छ्यापछ्याप्ती पाइने अन्य विषादीलाई न्यूनीकरण गर्नका लागि अमृतले अर्गाानिक विषादीलाई प्राथमिकता दिँदै बजारमा ल्याएको जनाएको छ । अन्य विषादी हालिएका अन्नबाली १८ दिन अगाडि खाँदा स्वास्थ्यलाई प्रतिकूल असर पर्ने जानकारी दिँदै ट्रेडर्सले अर्गाानिक विषादी प्रयोग भएका अन्न बाली तीन/चार दिनमै टिपेर खाँदा पनि स्वास्थ्यलाई प्रतिकूल असर नपर्ने दाबी गरेको छ ।

नेपाल सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने घोषणा गरेसँगै कम्पनीको डिलर सुर्खेत र दाङमा पनि खोलिएको छ । सुर्खेतमा मध्यपश्चिम एग्रोभेट र समृद्धि एग्रो सोलुसन, दाङमा सनलाइट एग्रोभेटहरुले पनि सेवा दिँदै आइरहेको छ । उक्त डिलरबाट कृषकले होलसेल मूल्यमै अर्गानिक विषादी पाउने छन् ।

कृषकको हातमा सहजै रूपमा अर्गानिक विषादी पु¥याउने उद्देश्यसमेत ट्रेडर्सको रहेको छ । विगतमा कृषकले अर्गाानिक विषादी नपाउँदा अन्य विषादी प्रयोग गर्नु परेको किसानको बाध्यतालाई हल गर्न पनि ट्रेडर्सले मुख्य भूमिका खेल्ने बताइएको छ । अर्गानिक विषादी प्रयोग भएका अन्नबाली राम्रोसँग हुर्कने, सप्रने र स्वास्थ्यलाई प्रतिकूल असर नगर्ने बताइन्छ ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech