२५ सय प्वाइन्ट रगत संकलन गर्ने अर्धसाप्ताहिकको १५ वर्षे यात्रा

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ रगत संकलन कार्य त्यति सजिलो काम होइन । अझै पनि रक्तदानका लागि व्यक्तिलाई मनाउन त्यति सहज छैन ।

एक प्वाइन्ट रगत दिँदा  मानव स्वास्थ्यमा केही पनि असर नपर्ने चिकित्सले बताउँदै आएता पनि यो कुराको व्यवहारिक पाटो कमजोर छ ।

रगत दिँदा मेरो शरीर कमजोर हुन्छ कि भन्ने महसुस प्रायले गर्छन । तर यो कुरा गलत भएको चिकित्सकको अनुभवले देखाउँछ ।

यस्तै अनुभवहरु साट्दै नपालगन्जबाट प्रकाशित हुने जनमत अर्ध साप्ताहिकले १५ वर्षदेखि नियमित रक्तदान गर्दै आएको छ ।

ग्लोबल बचत तथा ऋण सहकारीको सहयोगमा मंगलबार भएको ४८ औं श्रृंखलाको उद्घाटन गर्दै पत्रिकाका सम्पादक पूर्णलाल चुकेले रक्तदान जीवन दान भन्ने मूल मर्मलाई जीवन्त बनाउने प्रयास निरन्तर रहने बताए ।

अर्धसाप्ताहिकले अहिलेसम्म दुई हजार पाँच सय प्वाइन्ट रगत जम्मा गरिसकेको छ ।

हरेक तीन —तीन महिनामा रक्तदान कार्यलाई निरन्तरता दिनु अर्धसाप्ताहिक पत्रिकाको प्राथमिकतामा परेको छ ।

एघार वर्षसम्म पत्रिकाले सहयोगबिना नै रक्तदान गर्दै आएको पत्रिकाका सम्पादक चुकेले बताए । एघार वर्षसम्म पत्रिकाले सहयोगी बिनै रक्तदान गर्दै आएको थियो ।

अहिले पत्रिकासँग विभिन्न सहयोगी हातहरु जोडिएका छन् ।

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech