‘जनगुनासो’मा छल्कियो मधुईका बासिन्दाको पीडा

असल शासन प्रतिनिधि

नेपालगन्ज– स्थानीय सरकारप्रतिका नागरिकका गुनासा सम्बोधन गर्ने उद्देश्यले राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा जनगुनासो निवारण विषयक वडा स्तरीय सामुदायिक अन्तक्र्रिया गरिएको छ । वडा नम्बर २ को मधुईमा आयोजित सामुदायिक छलफलमा स्थानीय नागरिकले आ–आफ्नो समस्या र गुनासोहरु राख्दै मधुईमा बाढीले बर्सेनि जनधनको क्षति गर्ने दुःख पोखेका छन् । त्यस्तै कचनापुरमा रहेको वडा स्वास्थ्य चौकीमा औषधीको अभाव रेहेको र स्वास्थ्यकर्मीको व्यवहारसमेत राम्रो नभएको, टोलमा खानेपानीको समस्या रेहेको बताएका थिए ।

जबाफमा वडाध्यक्ष मदनबहादुर ओलीले आगामी वर्षमा मधुईको बाढी नियन्त्रणका लागि गाउँपालिकासँग बजेट विनियोजनका लागि पहल गर्ने, वडा स्वस्थ्य चौकीको समस्या समाधान गर्न गाउँपालिकाबाट तत्काल औषधी माग गर्ने, स्वस्थ्यकर्मीको व्यवहारलाई सुधार गर्न कर्मचारीलाई निर्देशन दिने, वडामा निकै समस्यामा रहेको ४ ओटा परिवारलाई केही दिनमै धारा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।
५० जना स्थानीय सहभागी रहेको छलफलमा वडाअध्यक्ष मदनबहादुर ओली सरोकारवालाको रूपमा रहेका थिए । बासका नागरिक सहायता कक्ष जिल्ला संयोजक रविन्द्र बोहराले सञ्चालन गरेको छलफलमा नागरिक सहायता कक्ष सहजकर्ता बिनकलाल थारुले छलफलको उद्देश्यमाथि प्रकाश पारेका थिए । बासको आयोजनमा सम्पन्न छलफलको सहयोग राप्ती सोनारी गाउँपालिकाले गरेको थियो ।

  • १९ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech