तीन भाइ पत्रकारको जागिर चट्

बर्खास्तको कडा विरोध

असल शासन प्रतिनिधि

जाजरकोट / नेकपा (दाहाल–नेपाल समूह) निकट प्रेस संगठनको कर्णाली प्रदेश कमिटी सदस्य पदमा आवद्ध भएको भन्दै जाजरकोटको भेरी नगरपालिकाले नगरपालिकामा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट हटाएको छ । नगरपालिकाको सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मा, एम.आई. एस. अपरेटर पवन शर्मा र सरोज वलीलाई सेवाबाट हटाएको गरेको हो ।

कार्य सन्तोषजनक नभएकाले मिति २०७७ फागुन १८ गतेको निर्णय अनुसार २०७७ फागुन १९ गते देखि लागु हुने गरि आदेशानुसार करार सम्झौता भंग गरिएको भन्दै नगरपालिकाले तीनै जनालाई बर्खास्त गरेको हो । भरत विगत ९ बर्ष देखि कार्यरत कर्मचारी हुन भने पवन र सरोज गत बर्ष नियुक्त भएका कर्मचारी हुन ।

नगरपालिकाले गत १७ फागुनमा तीनै जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणपत्रमा ‘तपाई राजनीतिमा भाग लिई संघीय निजामति सेवा ऐन २०४९ को दफा ४४ को भावना विपरित हुने गरि नेकपा (माधव–प्रचण्ड समुह) निकट प्रेस संगठनको कर्णाली प्रदेश कमिटी सदस्य पदमा आवद्धता भएको सप्रमाण प्राप्त भएकोले उक्त ऐनको दफा ४४ अनुसार कारवाही किन नगर्ने ? २४ घण्टा भित्र चित्त बुझ्दो जवाफ दिनुहोला । अन्यथा निर्देशन अनुसार कारवाही भई जाने ब्यहोरा अनुरोध छ’ भनि उल्लेख गरिएको थियो । निर्देशन अनुसार भनेर स्पष्टिकरण सोधिएको र कारवाही गरिएको पत्रमा पनि निर्देशन अनुसार उल्लेख गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्तिनेकपा दुई समुहमा विभाजन भएपछि पवन शर्मा प्रधानमन्त्री ओली निकट प्रेस संगठनको जिल्ला संयोजक भएका थिए । तर केही दिन अघि मात्र उनले प्रेस संगठनको जिल्ला संयोजक छोडेर दाहाल –नेपाल समुहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य पदमा मनोनयन भएका थिए । उनी सहित सरोज र भरत पनि सोही संगठनको प्रदेश सदस्य पदमा मनोनयनमा परेका थिए । ओली निकटका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले गत बर्ष जागिरे बनाईदिएका र निकै विश्वासपात्र मानिने पवनले आफ्नो साथ छोडेपछि उनी लगायत तिनै जनाको जागिर नै चट हुने गरि एक्सन लिएका हुन् ।

बर्खास्तको विरोध

यसैवीच, जिल्ला स्थित विभिन्न निजामति कर्मचारी सम्बद्ध संगठनहरुले भेरी नगरपालिकामा तीन जना कर्मचारीलाई गरिएको बर्खास्किो विरोध गरेका छन् । निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियन, नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामति कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति)ले संयुक्त विज्ञप्ती प्रकाशित गरि आगामी दिनमा यस्ता गतिविधि नदोहो¥याउन माग गरेका छन् । ‘प्रतिशोध र पुर्वाग्रहबाट प्रेरित भएर कर्मचारी बर्खास्त गरेको कार्यप्रति गंभिर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो नेतृत्वको स्थानीय सरकारमा फरक आस्था राखेकै आधारमा रोजीरोटी खोस्ने कार्यको घोर निन्दा गदै उक्त कारवाही तत्काल फिर्ता लिई काममा फर्काउन आग्रह गर्दछौ’ संयुक्त विज्ञप्तीमा भनिएको छ ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech