खेलकुद पोसाक वितरण

असल शासन प्रतिनिधि

बाँके / बाँकेका पत्रकार हेमन्त चौधरीको खेलप्रति रुची धेरै छ । उनले समय मिलेसम्म खेलकुदमा भाग लिन्छन ।

खेलकुदमा भाग लिने मात्र होईन खेलकुदमा खेलाडीको उत्साह बढाउन रिपोर्टिङ पनि गर्दे आएका छन ।

यसैक्रममा पत्रकार चौधरीले एक विद्यालयलाई खेलकुद पोशाक सहयोग गरेर खेलप्रतिको उत्साह बढाउने काम गरेका छन ।

उनको यो सहयोगी भावनाले राप्ती सोनारी गाउँपालिकाको सरस्वती मा.वि भवनियापुरका खेलाडी विद्यार्थिहरुको हौसला बढेको छ ।

 

सोनारी राप्ती मिडिया प्रा.लि का अध्यक्ष समेत रहेका पत्रकार हेमन्त चौधरीले आफ्नै लगानीमा खेलाडी विद्यार्थीहरुलाई खेलकुद पोशाक सहयोग गरेको बताए ।

विद्यालयले यहि फागुन २२ गते बाट राप्ती सोनारी १ लौकीमा हुने तेस्रो राप्ती सोनारी स्तरिय रनिङ शिल्ड प्रतियोगीतामा भाग लिदै छन ।

सरस्वती मा.वि भवनीयापुरका २० जना खेलाडीहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरेर पोषाक उपलब्ध गराइएको उक्त विद्यालयका प्र.अ ललित कुमार चौधरीले जानकारी दिए ।

सिद्देश्वर महादेव विद्यालयको आयोजनामा हुन गइरहेको रनिङ शिल्डमा ३० बढि विद्यालयको सहभागीता रहने छ भने २५ गते सम्म सन्चालन हुने भएको छ ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech