सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

असल शासन प्रतिनिधि

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउको प्रभाव नेपाली बजारमा परेको हो ।

बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ पाँच सय रुपैयाँले बढेको थियो ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जनाएको छ ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech