यस्तो छ विप्लव र सरकारबीचको सहमति

असल शासन प्रतिनिधि

काठमाडौं / सरकार र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो ।

वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले संयुक्तरुपमा हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहकाबीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिन प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech