विप्लव समूहका नेता कार्यकर्तालाई रिहा गर्न गृहको सर्कुलर

असल शासन प्रतिनिधि

विप्लव समूहका नेता कार्यकर्तालाई रिहा गर्न गृहको सर्कुलर

काठमाण्डौं / नेपाल सरकार गृह मन्त्रालयले पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव समुहका नेता कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको छ ।
विप्लव समुहसँग तिन बुदे सहमति भएको केही घण्टा पछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न निर्देशन दिएको हो । शुक्रबार सम्म देशका विभिन्न जिल्लामा रहेका नेत्रविक्रम चन्द विप्लव समुहका १७० जना कार्यकर्तालाई रिहा गर्ने गृह श्रोतले जनाएको छ । उता गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ ओटै जिल्लाका जिल्ला प्रशासन र प्रहरीसँग मागेको बताईएको छ । गृह मन्त्रालयले सर्कुलर जारी गरेसँगै जिल्लामा हिरासतमा रहेका कार्यकर्ता रिहा हुन थालेका छन् ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech