सीपमूलक तालिमबाट महिला खुस

असल शासन प्रतिनिधि

नेपालगन्ज / शिकेको शिपलाई व्यवहारमा लागु गर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का महिलाहरुले प्रतिबद्धता गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा महिलाहरुका लागि सञ्चालीत एक महिने व्युटिसियन तालिमको आज समापन कार्यक्रममा बोल्दै सहभागिहरुले यस्तो बताए हुन् । तालिमको समापनमा प्रतिक्रिया मन्तब्य राख्दै तालिमका सहभागि मिनु गुप्ताले पहिलो पटक शिप मुलक तालिम लिएको भन्दै तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिईन् । सिकेको शिपलाई प्रयोगमा ल्याउने उनले प्रतिबद्धता गरिन् । त्यस्तै तालिमका अर्का सहभागि संगिता थापाले शिप नपाएको महिलालाई शिप प्रदान गरेकोमा खुसी ब्यक्त गरिन् ।
तालिमको समापन कार्यक्रममा बोल्दै समापन कार्यक्रममा पमुख अतिथि वडा अध्यक्ष परसराम कुर्मीले सहभागिहरु सन्तुष्ट हुनु तालिम प्रभावकारी हुनु हो भन्दै तालिम सफल पार्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे । उनले आगामी दिनमा यस्ता शिप मुलक तालिमलाई वडाले प्राथमितामा राख्ने प्रतिबद्धता गरे । यसैगरी वडा सदस्य बफाति बेहनाले तालिमले वडामा रहेका महिलाहरुलाई फाईदा पुग्ने विश्वास व्यक्त गरे । समापनमा बोल्दै वडा सचिब तेजेन्द्र रोकायाले जिवनमा बुट्टा भर्ने काम सिकेको शिपले गर्ने भन्दै सिकेको शिपलाई व्यवहारमा लागु गर्न सहभागिहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक रमिता शाहले एक महिनासम्म सक्रियता पूर्वक सहभागिता जनाउने सबै सहभागिलाई धन्यबाद ज्ञापन गरिन् । उनले तालिमबाट सिकेको कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गरिन् ।
बासका सहजकर्ता शोभा थापा मगरले संचालन गरेको कार्यक्रममा स्वागत बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने धन्यबाद ज्ञापन सहित तालिमको समापन बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को सहयोग तथा बास नेपालगन्जको आयोजनामा माघ १९ गते देखि सञ्चालन भएको तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech