तस्कर र प्रहरीबीच भिडन्त, एकको मृत्यु

असल शासन प्रतिनिधि

कञ्चनपुर / भारतीय तस्कर समूह र प्रहरीबीच भिडन्त हुँदा एक भारतीय नागरिकको ज्यान गएको छ ।
नेपाल–भारत सीमा नाका बैलौरीको टेडुवा क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान भएको थियो । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीमाथि तस्करले गोली चलाउँदा प्रहरीको जवाफी फाइरिङ्गमा एकको मृत्यु भएको हो । प्रहरीका अनुसार भारतबाट लागु औषध नेपाल सप्लाई भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोली माथि तस्करले गोली चलाएको थियो ।
प्रहरी र तस्करबीच भएको दोहोरो भिडन्तमा परी एकजना प्रहरी सामान्य घाइते भएको बुझिएकोछ । प्रहरीले घटना स्थलबाट लागु औषध र नक्कली नोट बनाउने मेसिन बरामद गरेको जनाएको छ ।

  • २० फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech