नेपालगन्ज औद्योगिक क्षेत्र अगाडि दुर्घटना

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्जमा आज विहान १० बजेतिर मोटरसाईल दुर्घटना भएको छ ।

नेपालगन्जको औद्योगिक क्षेत्र अगाडि बाटो काट्ने क्रममा दुई मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन ।

भे ९ प५९४ र भे ९ प ६६११ नम्बरको मोटरसाइकल फरक दिशातर्फ बाटो काट्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट भे ९ प ६६११ नम्बरको मोटरसाइकल चालक गम्भिर घाईते भएका छन भने भे ९प ५९४ नम्बरको मोटरसाइकल चालक फरार रहेका छन ।

फरार चालकको खोजीकार्य भइरहेको छ ।

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech