वक्तृत्वकलामा प्रेक्षा प्रथम

असल शासन प्रतिनिधि

 

नेपालगन्ज/ अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा नेपालगञ्जमा भएको खुल्ला वक्तृत्वकला प्रतियोगितामा धम्बोझी माध्यमिक बिद्यालय नेपालगञ्जका छात्रा पे्रक्षा शर्मा प्र्रथम भएकी छीन ।

१११ औं अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको सन्दर्भमा बिहीबार नेपालगञ्जमा गरिएको “घर परिवार र समाज परिवर्तनमा महिलाको भूमिका” बिषयक खुल्ला वक्तृत्वकला प्रतियोगितामा धम्बोझी माबिका छात्रा शर्माले प्रथम स्थान हासिल गरेकी हुन ।

प्रतियोगितामा आदर्श माध्यमिक बिद्यालय नेपालगञ्जका छात्रा सृष्टि सापकोटा द्धित्तिय, र जगत ज्योति माध्यमिक बिद्यालयका छात्रा पुष्पा गिरी तृतिय भएका छन ।

यस्तै युनाईटेड एजुकेशन एकेडमी नेपालगञ्जका छात्रा नम्रता रानाभाट र ब्रिटिस इग्लिस मिडियम स्कुलका छात्रा सुदिक्षा स्नेहीले सान्त्वना स्थान प्राप्त गरेकी छीन ।

प्रतियोगितामा बिजयी छात्राहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमयेर उमा थापा मगर, उपमहानगरपालिकाका कार्यपालिका सदस्य देउमल सुनार, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह र पसहयोगी स्वास्थ्य तथा शिक्षा बिकास केन्द्र बाँकेका उपाध्यक्ष गणेश प्रसाद भट्टराईले पुरस्कार बितरण गरेका थिए ।

महिलाको सुरक्षा, सम्मान र रोजगार ः समृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको महिला दिवस मनाउन नेपालगञ्ज उपमहानगरपालिका मुल समारोह समिति, को आयोजना तथा प्याब्सन नेपाल, स्वास्थ्य तथा शिक्षा बिकास केन्द्र र रेष्ट नेपालको संयुक्त सहकार्यमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

यही मार्च ८ का दिन मनाउन लागिएको महिला दिवसको अवसरमा नेपालगञ्ज वक्तृत्वकला प्रतियोगिता, शुक्रबारदेखि आत्मसुरक्षा तालिम, फुटसल प्रतियोगिता, र्याली तथा व्यानर प्रदर्शन र दिप प्रज्वलनका कार्यक्रम तय गरिएका छन् ।

 

  • २१ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech