नारायणले गरे व्यक्तिगत खर्चमा खेलकुद पोसाक वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज– राप्तीसोनारी गाउँपालिका–२ अगैया निवासी एक व्यक्तिले व्यक्तिगत खर्चमा विद्यार्थीलाई खेलकुद पोसाक वितरण गरेका छन् ।  सोही ठाउँमा रहेको नेपाल राष्ट्रिय माविका विद्यार्थीलाई नारायण डिसीले ३० जोर खेलकुद पोसाक वितरण गरेका हुन् । राप्तीसोनारी अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीका लागि डिसीले आफ्नै खर्चमा खेलकुद पोसाक वितरण गरेको बताएका छन् ।

उक्त स्कुलका पूर्व विद्यार्थीसमेत रहेका डिसीले खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यका साथै स्कुललाई सहयोग गर्न चाहना अनुरुप खेलकुद पोसाक वितरण गरेको बताउँदै उनले भने,‘ आफू पढेको स्कुलका विद्यार्थीलाई हौसला मिलोस् भन्ने उद्देश्यले खेलकुद पोसाक वितरण गरेको हुँ ।’

डिसीले आफू सो विद्यालयमा अध्ययनरत रहेको बेला रनिङ शिल्ड प्रतियोगिता एवम् विद्यालयबाट हुने खेलकुद प्रतियोगितामा नछुटाइ भाग लिने गरेको बताए । खेलप्रति रुचि एवम् माया भएका डिसीले आफूले पढेको विद्यालयका विद्यार्थी भाइबहिनीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । स्कुलका प्राधानाध्यपक ओम प्रकाश थापा, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको रोहवर डिसीले पोसाक वितरण गरेका हुन् ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech