टिप्परले लियो प्रधानाध्यापक मण्डलको ज्यान

असल शासन प्रतिनिधि

बाँके– नेपालगन्जमा फेरि टिप्परले एक प्रधानाध्यापकको ज्यान लिएको छ ।  शुक्रबार साँझ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ स्थित पुरैनीमा कम्दीतर्फ गइरहेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा ४७ वर्षीय रामदेव मण्डलको मृत्यु भएको छ भने मृतकका १७ वर्षीय छोरी घाइते भएकी छिन् ।

दुर्घटनालगत्तै मण्डललाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको हो ।

सप्तरी निवासी मण्डल बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मिलन चोकस्थित साउथ प्वाइन्ट इङलिस मिडियम स्कुलका प्रधानाध्यापक हुन् । २० वर्ष अघि बाँके छिरेका मण्डल फुल्टेक्रामा बस्दै आएका थिए । बाँकेमा केही दिन अघि मात्र ढकेरीमा टिप्परका कारण एकको मृत्यु भएको थियो । वार्षिक रुपमा कैयौं व्यक्तिको ज्यान लिने साधन बनेको टिप्परलाई सञ्चालन (बजार क्षेत्र)मा रोक लगाउनु पर्ने स्थानीयले बताउँदै आएका छन् ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech