‘निशुल्क गाउँघर चिकित्सक’ मा ४ सय ४३ ले लिए सेवा

असल शासन प्रतिनिधि

टीकापुर– टीकापुर नगरपालिका वडा नम्बर ८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीमा भएको निशुल्क गाउँघर चिकित्सक कार्यक्रममा ४ सय ४३ले सेवा लिएका छन् ।  सुदूरपश्चिम प्रेदश सरकार सामाजिक विकास मन्त्रालयको गाउँघर चिकित्सक कार्यक्रम अन्तर्गत कैलालीमा पहिलोपटक टीकापुर अस्पतालको आयोजामा गरेको दुई दिने निशुल्क गाउँघर चिकित्सक कार्यक्रममा उक्त संख्याका बिरामीले सेवा लिएका हुन् ।

बिहीबार र शुक्रबार आयोजना गरिएको कार्यक्रममा भिडियो एक्सरे ७४ जना, इसिजी २४, प्रयोगशाला १ सय २३ जना र अन्य गरी ४ सय ४३ जनाले स्वास्थ्य सेवा लिएका छन् । कार्यक्रमको समापन गर्दै धनसिंहपुर स्वास्थ्य चौकीका इन्चार्ज केवलसिंह भुलले चिकित्सकका सवालमा टीकापुर अस्पतालकै टिम धनसिंहपुर स्वास्थ्य चौकी आएर निशुल्क अस्पतालको जस्तो सेवा प्रदान गरी स्रहानीय काम गरेको बताए । टीकापुर अस्पतालले धनसिंहपुर स्वास्थ्य चौकीमा आगामी दिनमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गरेर स्वास्थ्य चेकजाँचसहित सल्लाह सुझावका लागि अपेक्षा गरेको भुलले बताए ।

कार्यक्रम समापनमा टीकापुर अस्पतालका डाक्टर संदीप कुमार यादव, टेकराज भट्ट र पत्रकार सुदिप बिकले आआफ्नो धारणा राखेका थिए । टीकापुर अस्पतालका मेडिकल अधिकृत डा. सन्दिप यादवसहितको टोलीले स्वास्थ्य सेवा दिएका थिए ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech