बढैयातालको संरक्षण खै ?

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ का नागरिकहरुले वडामा रहेको बढैयातालको उचित संरक्षण र सम्वर्द्धन हुनुपर्ने बताएका छन् । शुक्रबार बैढैयाताल गाउँपालिका वडा नम्बर ५ को कार्यलयमा भएको जनगुनासो निवारण विषयक सामुदायिक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाँस सहभागिहरुले वडा कार्यलयकै छेउमा रहेको प्रटकिय सम्पदाको सम्भावना बोकेको बढैयातालको बिकासका लागि स्थानीय सरकारको ध्यान जान नसकेको बताए ।

बढैयाताल गाउँपालिकाको सहकार्यमा बासद्वारा सञ्चालित नागरिक सहायता कक्ष कार्यक्रम अन्तर्गत भएको सामुदायिक अन्तरक्रियामा वडावासीहरुले वडाको विकासप्रति चिन्ता ब्यक्त गर्दै गाउँपालिका र वडासंग विकासका बिभिन्न माग राखेका थिए । कार्यक्रमका सहभागिहरुले लक्षित वर्गलाई पत्र्यक्ष लाभ हुने खालका लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चान हुनुपर्ने, कृषकहरुको पशु तथा कृषि विमाको ब्यवस्थापन हुनपर्ने लगायतका मागहरु राखेका थिए ।


सहभागिहरुले गरेका प्रश्नहरुको जवाफ दिदै बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले बढैयातालको बिकास र संरक्षणका लागि पालिकाले बजेट बिनियोजन गरी त्यसको डिपिआर समेत तयार भइसकेको बताए । कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम सिँह थारुले पर्यटकिय सम्पदाको रुपमा रहेको बढैयातालको ब्यवस्थापन गर्न पालिकाको ध्यान गएको बताउदै सहभागिहरुले राखेका मागहरुको सम्बोधनका लागि कार्यपालिकाको बैठकमा छलफल गर्ने प्रतिबद्वता ब्यक्त गरेका थिए ।


त्यसै गरी बढैयाताल गाउँपालिका वडा नम्बर ६ का नागरिकहरुले वडाको विकासप्रति चिन्ता ब्यक्त गरेका छन् । शुक्रबार वडा कार्यालयमा भएको जनगुनासो निवारण बिषयक सामुदायिक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले वडा भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो तथा सडक निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दैे विकासको माग गरेका हुन् ।बाटो घाटो, सडक र पुलको समस्या संगै सुकुम्बासी समस्या, शिक्षाको गुर्णस्तर, स्वास्थ्यको समस्य, खेलकुद, कृषी, सामाजिक विकास लगायतको विषयमा नागरिकहरुले वडा र पालिकाको ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदी, वडा नम्बर ६ का वडाध्यक्ष रामहरस थारु लगायतले सहभागिहरुले राखेका प्रश्नको जवाफ दिएका थिए ।


बासका नागरिक सहायता कक्ष कार्यक्रमका कार्यक्रम संयोजक रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बासका केन्द्रीय महासचिब शिव कुमार वर्माले स्वागत तथा बासका निवर्तमान अध्यक्ष मन भण्डारीले कार्यमको उद्देश्यमाथि प्रकास पारेका थिए । कार्यक्रममा वडा सदस्यहरु, नागरिक सहायता कक्ष सहजकर्ता गोमा अधिकारी, बासका स्वयंमसेवक मिना घर्ति लगायतको सहभागिता रहेको थियो ।

  • २२ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech