दुई वर्षपछि सन्दीप घरेलु क्रिकेटमा फर्किए

असल शासन प्रतिनिधि

काठमाण्डौं / लामो समय देखि अन्तराष्ट्रिय क्रिकेटमा व्यस्त रहेका सन्दीप लामिछानेले घरेलु प्रतियोगिता खेल्ने भएका छन् ।
नेपालको तर्फबाट सबै भन्दा बढी फ्रेन्चाइज्ड क्रिकेट टुर्नामेन्ट खेलेका लामिछानेले झण्डै २७ महिना पछि घरेलु क्रिकेट खेल्न लागेका हुन । फागुन २२ गते देखि काठमाण्डौमा शुरु भएको काठमाण्डौं मेयर्स कप २०७७ मा सन्दीपले टिमको कप्तानी गरिरहेका छन् । उनले कप्तानी गरिरहेको मेयर्स ११ ले आज मुलपानी क्रिकेट मैदानमा बागमति प्रदेश विरुद्ध खेल्ने भएको छ । मेयर्स ११ मा कप्तान सन्दीप लामिछाने सहित सिद्धान्त लोहनी, अर्जुन कुमाल, सौरभ खनाल, सन्दीप रजाली, खड्गबहादुर बोहरा, हरिशंकर शाह , विवेक यादव, कृष्ण कार्की, रविन्द्रजंग शाही, बिपिन रावल, बिपिन खत्री, अनिल खरेल, विक्रम भुसाल, नारायण जोशी र अनुज चुनारा रहेका छन् ।
केही दिन अगाडी पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सका लागि खेल्न गएका सन्दीप कोभिडका कारण लिग अनिश्चितकालको लागि स्थगित भएपछि शुक्रबार नेपाल फर्किएका थिए । सन्दीपले टुर्नामेन्ट खेल्ने निश्चित भएपछि क्रिकेट प्रेमिहरुमा उत्साह थपिएको छ ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech