निर्माण व्यवसायी संघ बाँकेको अध्यक्षमा पुनः खड्का 

असल शासन प्रतिनिधि

नेपालगन्ज /निर्माण व्यवसायी संघ बाँकेको ९ औं अधिबेशनबाट अध्यक्षमा टेक बहादुर खड्का पुनःनिर्बाचित भएका छन् ।

खड्काले २१७ खसेको मतमा १३० मत ल्याए भने हमालले ८५ मत प्राप्त गरेका छन् । त्यस्तै खड्का प्यानलका ८ जना पदाधिकारीहरु निर्बाचित भएका छन् ।

मतगणनामा निर्बाचित अध्यक्ष खड्काले अर्का प्रतिद्वन्द्वी जितेन्द्र हमाल (कैलाश) लाई ४५ मतको अन्तरले पराजित गरेका छन् ।

खड्का प्यानलबाट निर्बाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा लिलाराज उपाध्याय, प्रथम उपाध्यक्ष टंक बहादुर खड्का, द्वितीय उपाध्यक्ष दिनकर भट्टराई, महासचिवमा भुपाल वली, आन्तरिक उपमहासचिवमा नरेश बहादुर शाही, कोषाध्यक्षमा मुहतयार कबडिया र सह–कोषाध्यक्षमा माधब शाही रहेका छन् ।

त्यस्तै हमाल प्यानलबाट नितिगत उपमहासचिवमा जय बहादुर खत्री निर्बाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा बिजयी हुनेहरुमा बिजयी हुने सदस्यहरुमा अन्जनी कुमार गुप्ता, मद्न कुमार अग्रवाल, शोभाकर शर्मा, टेक बहादुर शाही, मीन बहादुर खत्री र रमेश जङ्ग शाह रहेका छन् ।
बिजयी सदस्यहरुमा खडका प्यानलबाट ४ जना र हमाल प्यानलबाट २ जना सदस्यहरु निर्बाचित भएका छन् ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech