बालबालिकाका लागि शैक्षिक कक्षा सञ्चालन

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा वालवालिकाका लागि शैक्षिक कक्षा सञ्चालन गरिएको छ ।
सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जको सहयोगमा बासद्धारा सञ्चालीत श्रमिक तथा बिद्यालय वाहिर रहेका वालवालिकाका लागि शैक्षिक कक्षा सञ्चालन अन्तरगत उक्त कक्षा उद्घाटन गरिएको हो ।
नेपालगन्ज उमपहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष उज्जवल सिंह राठौरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राठौरले विद्यालय वाहिर रहेका वालवालिकाहरुका लागि यो राम्रो अवसर भएको बताए । उनले सबै वालवालिकाले बिद्यालय जान पाउनु पर्ने नैसर्गिक अधिकार अन्तरगत तिन महिने कक्षा सञ्चालन पश्चात सबै वालवालिकालाई विद्यालय भर्ना गर्न वडाले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा बोल्दै सामाजिक विकास डिभिजन कार्यालयका गुमान सिंह न्यौपानेले श्रमिक तथा विद्यालय वाहिर रहेका वालवालिकाहरुलाई बिद्यालय जान उत्प्रेरित गर्ने उद्धेश्यले कार्यक्रम तयार गरिएको बताए । आफ्ना वालवालिकालाई नियमित रुपमा कक्षामा पठाउन उनले अनुरोध गरे । यसैगरी कार्यक्रममा बोल्दै बासका केन्द्रीय महासचिब शिब कुमार बर्माले वालवालिकाको भावना अनुरुप कक्षाको सहजिकरण गर्न सहजकर्तालाई अनुरोध गरे । बासका सहजकर्ता शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा उद्धेश्य माथि प्रकाश बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष उज्जल सिंह राठौर, वडा सदस्य मुवारक अलि शिद्धिकी, माया कनौजिया, सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्जका गुमान सिंह न्यौपाने लगायत बासका पदाधिकारीको उपस्थिती रहेको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ र ११ मा गरी दुई स्थानमा सञ्चालन भईरहेको कक्षामा ३० जना वालवालिकाको सहभागिता रहेको छ ।

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech