अटो रिक्सामा भ्रष्टाचारविरुद्ध सन्देश

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज बजार भित्र गुड्ने अटो रिक्साहरुमा भ्रष्टाचार बिरुद्ध नारा अंकित स्टिगर टाँस गरिएको छ ।
नेपालगन्जका विभिन्न स्थानमा चल्ने रिक्सामा सन्देस मुलक स्टिकर टाँस गरिएको हो । म भ्रष्टाचार बिरोधी हुँ, भ्रष्टाचार सहन्न सदाचार बिर्सन्न, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, म घुस लिन्न म घुस दिन्न लगायत नारा अंकित स्टिकर टाँस गरिएको हो । भ्रष्टाचार बिरुद्धको सन्देश आम नागरिक सम्म पु¥याई भ्रष्टाचार बिरुद्ध सजग र सचेत गराउन अभियान सञ्चालन गरिएको बास स्वयम् सेवक संयोजक मुना बिष्टले बताइन् । उनले नेपालगन्जका सबै स्थानीय तहमा रहेका सार्वजनिक स्थान, नेपालगन्ज बसपार्क बाट देशभरी सञ्चालन हुने बसमा टाँस गरिसकेको बताउदै आज देखि अटो रिक्सामा स्टिकर टाँस गरिएको बताईन् ।
बास केन्द्रीय कार्यालय नेपालगन्ज र आर्शिवाद पेन्ट्सले तयार पारेको भ्रष्टाचार बिरुद्धको स्टिगर टाँसका लागि बासले स्वयम् सेवक परिचालन गर्दै आएको छ ।

 

  • २३ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech