अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्त्री विमर्श

मनिषा खटाटे

सोच नै मानव जीवनको आधार हो । हामी जस्तो सोच्छौं त्यस्तै बन्छौं । सोचले नै जगतको निर्माण भएको छ । समाज, संस्कृति र देशको निर्माण पनि सोचाइले नै भएको हो । नारीले सदियौंदेखि समाज निर्माणको कार्य गर्दै आएकी छिन् । तर पनि नारीले सधैं हीनताबोध गर्नु पर्ने अवस्था सिर्जना भइरहेको छ । सामाजिक मूल्य मान्यताले नारीलाई गलत तरिकाले पेस गरेको पाइन्छ ।

जसलाई हाम्रो धर्म संस्कृतिले पनि बढावा दिएको छ । नारीको अस्तित्वलाई मिथक अवधारणासँग जोडिएको छ । जहाँ महिलालाई पाप योनीमा धकेलिएको छ । यस्तो भनिरहँदा नारी पनि जगत र समाजको एक हिस्सा हो भन्ने कुरा बिर्सिएको पाइन्छ ।

नारीले नै जगत् जननी हुन् भन्ने कुरा भुलिएको छ । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा म महिला मात्र नभएर एक लेखक पनि भएको नाताले प्रश्न गर्न चाहन्छु, किन नारीको स्वतन्त्रता केवल कामवासनाको वरिपरि मात्रै घुमिरहन्छ ? नारीको पनि एक स्वतन्त्र अस्तित्व हुने भएकाले उनीहरुले पनि धेरै काम गर्न सक्छन् । नारीले पनि सिर्जनात्मक काम गर्न सक्छन् । गलत बुनियादमा इतिहास अडेको छ भने त्यसलाई जरैबाट उखेलेर फाल्न सक्छन् । मलाई लाग्छ गलतलाई गलत र सहीलाई सही भन्न सक्ने हिम्मत आजका नारीमा छ । वर्तमान अवस्थामा नारीले हरेक क्षेत्रमा योगदान दिइरहेकी छिन् । आफ्नो बलबुतामा आत्मीक ज्ञानद्वारा स्वतन्त्रताको लडाइ लडिरहेकी छिन् ।

साहित्य र कला क्षेत्रमा पनि नारीले योगदान दिइरहेकी छिन् । शारीरिक अन्तर नारीको शक्ति हो । सारा जगतको भार उठाइरहेको पृथ्वीको समान हुन महिला । सन्तान जन्माएर सृष्टिलाई चलायमान बनाउने जिम्मा लिएकी एक नारीले पारिवारिक र सामाजिक क्षेत्रमा पनि आफ्नो जिम्मेवारी बखुबी निभाइरहेकी छिन् ।

हरेक नारी दिवसको अवसरमा हरेक महिला सिर्जनशील बन्न जरुरी छ । सदा आत्मबल उच्च राख्नुस् ।

(लेखक भारत निवासी हुन् । उनका लेख हिन्दी साहित्यमा भारत, नेपाल, अस्ट्रेलिया तथा अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित भएका छन् । उनी प्रयोगशील लेखिका रुपमा परिचित छिन् ।)

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech