‘मध्यपश्चिम’ स्तरीय वक्तृत्वकला प्रतियोगितामा रिता प्रथम

असल शासन प्रतिनिधि

नेपालगन्ज– रिता ओली ‘मध्यपश्चिम’ स्तरीय वक्तृत्वकला प्रतियोगितामा १७ जना सहभागीलाई उछिन्दै प्रथम हुन सफल भएकी छिन्। नेपालगन्जस्थित मध्यपश्चिम बहुमुखी क्याम्पस स्तरीय प्रतियोगितामा ओली प्रथम भएकी हुन् ।

१११ औं नारी दिवसको नारा ‘नारी सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ मा आधारित रहेर आयोजित गरिएको वक्तृत्वकलाको द्‌वितीय सावित्री विश्वकर्मा भएकी छिन् भने समान अङ्क ल्याउँदै तृतीय स्थान शैलेन्द्र ऐडी र डिलाराम खड्काले ल्याएका छन् ।

वकृत्वकलाको निर्णायक मण्डलमा मिना कण्डेल, तसोबर खान र कमल प्रसाद रहेका थिए भने कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिम बहुमुखी क्याम्पस प्रमुख भगत नेपाली रहेका थिए । पारु शर्माको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउन सफल विद्यार्थीलाई नगद, स्टेशनरी सामग्री र प्रमाण पत्र दिइएको क्याम्पस प्रमुख भगत नेपालीले बताए ।

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech