बाँके/बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ स्थित सुईयामा आगलागी भएको छ ।
स्थानिय मनिजर पासीको घरबाट सुरु भएको आगोले २२ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन ।
दमकल ,स्थानिय र प्रहरीको प्रयासमा आगो नियन्त्रण आएको बाँके प्रहरीले जनाएको छ ।
आज विहान साढे ११ बजे तिर लागेको आगो नियन्त्रणको लामो प्रयास पछि दिउसो मात्र नियन्त्रणमा आएको हो ।
आगलागीबाट कुनै मानवियर पशुचौपायामा क्षती नभएपनि घर र घरभित्र रहेका सम्पुर्ण लक्ताकपाडा लगायतका सामान जलेर नष्ट भएका छन ।
अहिलेसम्मको विवरण अनुसार आगलागीबाट २७ लाख ४० हजारको क्षति भएको अनुमान गरिएको छ ।