बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ बालविवाह मुक्त घोषणा

असल शासन प्रतिनिधि

बाँके/ बाँकेको खजुरा गाउँपालिकाले जिल्लामै पहिलो पटक ३ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरेको छ । सोमबार खजुरामा एक कार्यक्रमका बिच खजुराको वडा नम्बर ३ लाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेको बालविवाह रोकथाम परियोजनाले वडालाई बालविवाह मुक्त घोषणा गर्न सहयोग गरेको हो । १११ औं नारी दिवसको अवसरमा सोमबार खजुरामा आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागि बक्ताहरुले अभियानको प्रशंसा गरेका थिए ।

खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमारले खजुराको वडा नं. ३ लाई बालविवाह मुक्त घोषणा गर्दे गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने प्रतिबद्धता गरेका छन । कार्यक्रममा जिसस प्रमुख श्रीवास्तवले जिल्लामै अब अन्य वडाहरुले पनि यस्तो अभियानमा साथ दिनुपर्ने बताए ।

खजुरा–३ का वडा अध्यक्ष कान्तुराम गौतमको अध्यक्षतामा सम्पन्न बालविवाह मुक्त घोषणा कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक, खजुरा गाउँपालिका कानुनी सल्लाहकार विकास आचार्य, प्लान इन्टरनेशनल नेपालकी कर्णाली प्रदेश संयोजक मीना पराजुली, स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डे लगायतले बोलेका थिए ।

बालविवाह मुक्त वडा घोषणा हुनु अघि निकालिएको –यालीले खजुरा बजार परिक्रमा गरेको गाउँपालिकाले जनाएको छ ।

 

  • २४ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • Nabintech