आगलागी प्रभावित २२ घरलाई राहत वितरण

असल शासन प्रतिनिधि

बाँके / बाँकेको नरैनापुर गाउँपालिकाका आगलागी पिडितलाई राहात वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं. १ सुइया गाउँमा सोमवार करिब ११ः३० भएको आगागागी प्रभावित परिवारलाई मंगलबार राहत वितरण गरिएको हो ।

स्थलगत सर्वेक्षण प्रतिवेदन अनुसार २२ घरपरिवारका ९४ जना पूर्ण प्रभावित भएका छन् भने ४ वटा गोठ जलेर खारानी भएको छ ।

जिल्ला विपद् व्यवस्था समितिबाट प्रति परिवार रु. १५ हजारका दरले २२ घरपरिवारलाई नगद वितरण गरिएको छ ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी बाँके शाखाबाट प्रभावित प्रतिपरिवारलाई कम्बल २ थान, त्रिपाल १ थान, भाडा सेट, बाल्टी, कपडा सेटमा लेडिज धोती, मर्दना धोती, छिट, पाप्लीन, सर्ट र पैन्ट कपडा गरी ७ हजार ५ सयको दरले २२ परिवारलाई रु. १ लाख ६५ हजार बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको हो ।

राहात वितरण कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी.रामबहादुर कुरुवाङ्ग, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीयक अहमद शाह, जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, नेपाल रेडक्रस सोसाईटि गंगापुर उपशाखाका कार्यावाहक सभापति शालिकराम साहु, कोषाध्यक्ष विक्रम प्रसाद वर्मा, सदस्य विश्राम रैदास, सुरक्षा निकायका प्रमुख लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech