पत्रकार खनाल सम्मानित

असल शासन प्रतिनिधि

बाँके / बाँकेको खजुरा गाउँपालिकाले नेपालगन्जका पत्रकार शंकरप्रसाद खनाललाई सम्मान गरेको छ । सम्पादक खनाल अन्नपूर्ण पोस्ट् बाँकेका उप–सम्पादक हुन् ।

१११औं नारी दिवसको अवसरमा सोमबार खजुराको वडा नं. ३ लाई बालविवाह मुक्त घोषणा समारोहमा बालविवाहविरुद्ध उल्लेखनीय समाचार सम्प्रेषण गरेको भन्दै खनाललाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव र खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले खनाललाई सम्मान गरेका हुन ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech