सातौं प्रधानमन्त्री कप : उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज/सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब दुवै टिमले समान तीन तीन जित निकालेका छन् । एपीएफ र पुलिस उपाधिका लागि भिंड्दै छन ।
नेपालगन्ज रंगशाला परिसरमा अवस्थित कभर्डहलमा सोमवार एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित ग¥यो ।
पहिलो सेटमा राम्रो खेलेपनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो । खेलमा प्लेयर अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन् ।

उनलाई सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला सचिव चुडामणी पौडेल, कैलपाल कलेजकी निर्देशक रेबती सिंह र एबीसी स्कूलकी प्रिन्सिपल शशी स्वाँरले पुरस्कृत गरे ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गरेर लगातार तेस्रो जीत निकालेको हो ।

पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको थियो । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो ।


तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो ।

अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो ।

उक्त खेलमा प्लयेर अफ द म्याच पुलिसकी मनिषा चौधरी.भइन् ।

उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख थापा, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड र युवा उद्दमी शिवांगिनी राणाले पुरस्कृत गरे ।

प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले दुई लाख, तेस्रो हुनेले एक लाख नगदबाट पुरस्कृत हुनेछन् । प्रतियोगिता मंगलवार समापन हुनेछ ।

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech