नारी दिवसकै दिन पारिवारिक कलहले लियो ५ को ज्यान

असल शासन प्रतिनिधि

दैलेख / नारी दिवसको दिन सोमबार गा्रमिण तथा शहरी क्षेत्रमा महिलाहरु निकै उत्साहित भएर घर फर्किए ।

घरपरिवारमा समानाता र अधिकारका लागि नारा घन्किएकै बखत एक दुखःद घटना भएको छ ।

दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुकी बडुवालले श्रीमानसँग झगडा परेपछि आफ्ना चार सन्तानसहित घरबाट निस्के पछि भएको दुःखद घटनाले यतिबेला सबैलाई दुःखी बनाएको छ ।

आइतबार राति मदिरा सेवन गरी घरमा गएका श्रीमानसँग झगडा परेपछि उनी नारी दिवसकै दिन सोमबार बिहानै निस्किएकी थिइन्।

नारी दिवसकै दिन सोमबार दैलेखको राकमस्थित कर्णली नदीमा सुकीका दुई छोरीको शव फेला प¥यो । मंगलबार दिउसो सुकी र उनका छोराको शब फेला परेको छ भने एक छोरीको शब फेला पर्न सकेको छैन ।

सुकीका श्रीमान भने प्रहरीको नियन्त्रणमा रहेका छन ।

आमा सुकु बडुवालले आफ्ना चार सन्तानलाई लिएर सँगै नदीमा हाम फालेको आशंका गरिएको छ।सोमबार बेलुका १४ वर्षकी छोरी कल्पना बडुवाल र ११ वर्षकी सरिता बडुवाल माछा मार्न प्रयोग गर्ने डोरीमा हात बाँधिएको अवस्थामा एकै ठाउँमा मृत भेटिएका थिए।

राकम र अछामको बीचमा पर्ने नदीको अछामतर्फको किनारामा शव फेला परेछी त्यस स्थानमा खोजीकार्य तिव्र पारिएको छ ।

मंगलबार दिउसो ८ वर्षीय छोरा ललित बडुवाल र आमा सुकीको शब भेटिए पनि ५ वर्षीया छोरी रजनी बडुवालको अवस्था अज्ञात छ।

मृतक सुकीका श्रीमान बाबु मानसिहं बडुवाल भने प्रहरी नियन्त्रणमा छन्। उनलाई सोमबार बेलुका घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानियका अनुसार ‘श्रीमानले राति रक्सी खाएर घरमा किचलो गर्दे आएका थिए ।

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech