स्वतन्त्र पत्रकार तिवारी सम्मानित

असल शासन प्रतिनिधि

स्वतन्त्र पत्रकार तिवारी सम्मानित

पोखरा /  स्वतन्त्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार महिला सम्मान– २०७७ गैंडाकोट– ५, नवलपुरकी सविता तिवारीलाई प्रदान गरिने भएको छ ।

संघको प्रतिभा चयन समितिको फागुन २३ गते सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि ५ हजार रुपैयाँसहित सम्मानपत्र छ ।

स्वतन्त्र पत्रकार संघ नेपालको जिल्ला सचिव समेत रहनु भएकी उहाँ एसपिएम सन्देशकी प्रधानसम्पादक तिवारी मुकुन्दसेन टेलिभिजन गैंडाकोटमा कार्यरत हुनुहुन्छ । पत्रकारिता विषयमा स्नातकको अन्तिम वर्षमा अध्ययनरत उहाँले विजय एफएम र विजय खबर पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएको हो ।

तिवारी पत्रकारिताका अतिरिक्त महिला सशक्तिकरणका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले पत्रकारिताका साथ नेतृत्व विकास एवम् उदघोषण तालिम समेत दिदै आउनु भएको छ ।

संघले पूर्वसम्मानित व्यक्तित्व एवम् राष्ट्रिय सल्लाहकार शान्ति राणाको संयोजकत्वमा तीन सदस्यीय प्रतिभा चयन समिति गठन गरेको थियो ।

समिति सदस्यमा ईश्वरी पौडेल पोखरा र मनिता चामलिङ राई सुनसरी हुनुहुन्थ्यो । स्वतन्त्र पत्रकार संघ नेपालले अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारबाट यस अघि दुर्गा अधिकारी (कास्की), शीला गुरुङ (पर्वत), रविना आले मगर (तनहुँ), शान्ति राणा (कास्की), ईश्वरी पौडेल (स्याङ्जा), सीता दर्नाल (रुपन्देही) र मनिता चाम्लिङ राई (सुनसरी) सम्मानित भइसक्नु भएको छ । स्मरणीय छ, पोखरा– १३, आर्वाका समाजसेवी सूर्यनाथ उपाध्याय बराल तथा उहाँको परिवारबाट तीलकुमारी बरालको स्मृतिमा ५१ हजार रुपैयाँ अक्षयकोष राखी प्राप्त व्याजबाट क्रियाशील पत्रकार महिला सम्मान उक्त पुरस्कार वितरण हुँदै आएको छ ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech