यातायातलाई भवन निर्माणका लागि जग्गा दिने नेपालगन्ज उपमहानगरको निर्णय

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / नेपालगन्ज उप–महानगरपालिकाले यातायात व्यवस्था कार्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने भएको छ ।

नेपालगन्ज  उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार सम्पन्न सर्वदलीय तथा सर्वपक्षीय बैठकले नेपालगञ्ज २० गायत्रीनगरमा रहेको करिब १० कठ्ठा ऐलानी जग्गा यातायात व्यवस्था कार्यालय वडा नम्बर १७ सोल्टी होटल नजिकै रहेको २० कठ्ठा जग्गा कलेज स्थापनाका लागि नाथमलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

सो स्थानमा हिन्दु र मुस्लिम समुदायले धार्मिक प्रयोजनका लागि २/२ कठ्ठा जग्गा उपलब्ध गराइने भएको छ । गायत्रीनगरमा ऐलानी जग्गामा बसिरहेको परिवारलाई उचित व्यवस्थापन गरिने भएको छ ।

बैठकमा यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख पूर्णबहादुर खत्री र नाथमका विपिन नेपालले जग्गा प्राप्त हुनासाथ भवन निर्माण कार्य सुरु गर्ने बताए ।

 

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech