एसइई र १२ को परीक्षा जेठमा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ २०७७ सालको एसइई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका स्वीकृत गरेको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले एसइई जेठ २४ गतेसम्म संचालन हुने जानकारी दिएका छन् । यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ २६ देखि असार ४ गतेसम्म संचालन हुनेछ ।

परीक्षा समय : बिहान ८ बजेदेखि ११ बजेसम्म ।

  • २६ फाल्गुन २०७७, बुधबार प्रकाशित

  • Nabintech