कुकुर र सुँगुरको घाँटीमा प्रदेश इन्चार्जको बिल्ला

नेकपा एमाले नेता कार्यकर्ताको घिनलाग्दो हर्कत

असल शासन प्रतिनिधि

कैलाली / सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले नेताबिच अभद्रता र छाडापन देखिएको छ ।
सूदुरपश्चिम प्रदेशको धनगडीमा ओली पक्ष र माधव नेपाल पक्षीय कार्यकर्ता बिचमा आफ्नै पार्टिका नेताहरुको चरीत्र हत्या हुने गतिविधि गरेको देखिएको छ । सूदुर पश्चिम प्रदेश कार्यालयमा नेमप्लेट र होडिङ्ग वोर्ड राख्न दुई पक्षित नेताहरुबिचमा होडवाजी र तछाड मछाड नै चलेको छ । सो बिषयमा विवाद बढ्दै गएपछि नेता कार्यकर्ताहरुले आफ्नै पार्टिका शिर्ष नेताहरुको नाम नै उल्लेख गरी निच र अभद्र व्यवहार प्रर्दशन गरेका छन् । फागुन २६ गते सुदुरपश्चिमको राजधानि धनगडीमा नेकपा एमाले ओली पक्षका नेता लेखराज भट्टको नेम प्लेट कुकुरको घाँटीमा र नेपाल समुहका नेता भीम रावलको नेमप्लेट सुगुरको घाँटीमा झुड्याएको देखिएपछि नेकपा नेता तथा कार्यकर्ताहरुको घिनलाग्दो हर्कत वाहिर आएको हो । एउटै पार्टिका दुई गुट नेता कार्यकर्ताहरु बिचमा यस्तो अभद्रता देखिएपछि सम्भावित घट्ना हुन नदिन प्रदेश राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलालीमा सुरक्षाका लागि बाक्लो सख्यामा नेपाल प्रहरी र सशत्र प्रहरी तैनाथ गरिएको छ ।
प्रदेश राजधानी धनगडीमा बुधबार ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्ट र अध्यक्षमा कर्ण बहादुर थापाको नेमप्लेट राखेको थियो भने नेपाल समूहले त्यसलाई अस्विकार गर्दे हटाउन खोज्दा विवाद र झडपको अवस्था सिर्जना भएको थियो । नेपाल समुहले साविककै सुदूरपश्चिम इन्चार्ज भिम रावल र अध्यक्ष भानुभक्त जोशी हुनुपर्ने माग राख्दै आएका छन् । नेकपा नेकपा कार्यकर्ताले गरेको यस्तो गलत हर्कत स्विकार योग्य नभएको आम नागरिकहरुले प्रतिक्रिया दिएका छन् ।

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech