नागरिकको सहयोगी बन्दै सहायता कक्ष

असल शासन प्रतिनिधि

राप्ती सोनारी गाउँपालिकाको सहकार्यमा बासद्वारा गाउँपालिका कार्यालयमा सञ्चालित नागरिक सहायता कक्ष प्रभावकारी भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बुधबार गाउँपालिकामा भएको नागकि सहायता कक्षको समिक्षा कार्यक्रमका सहभागिहरुले नागरिक सहायता कक्षमार्फत सर्वसाधरण नागरिकलाई सेवा लिन सहजता भएको बताएका हुन् ।

समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष धनि कुमारी खत्रीले पालिकामा नागरिक सहयता कक्ष सञ्चालन भएपछि आम सेवाग्राहीलाई सेवा लिन सहज भएको बताइन् । नागरिक सहायता कक्षको कारण पालिकाका प्रतिनिधि र कर्मचारीको काममा समेत सहयोग पुग्ने गरेको छ, खत्रिले भनिन् “आगामी दिनमा सबै वडाहरुमा नागरिक सहायता कक्ष विस्तारका लागि पहल गछौँ ।”
कार्यक्रममा राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्र बहादुर वली र वडा नम्बर ५ का झगरु थारुले नागरिक सहायता कक्ष सर्वसाधरणका लागि सेवा लिन सहयोगी बनेको बताउदै सबै वडा कार्यालयहरुमा नागरिक सहायता कक्ष आवश्यक रहेको बताए ।

कार्यक्रममा बासका नागरिक सहायता कक्ष कार्यक्रमका जिल्ला संयोजक रबिन्द्र बोहराले नागरिक सहायता कक्ष अन्तर्गत भएका कार्यक्रम तथा गतिबिधिहरु र नागरिकहरुबाट संकलन गरिएका गुनासोहरुको वारेमा प्रस्तुतिकरण गरेका थिए । बासका निबर्तमान अध्यक्ष मन भण्डारीले स्वागत तथा उद्देश्यमाथि प्रकास पारेको कार्यक्रममा नागरिक सहायता कक्ष सहजकर्ता बिनकलाल थारु, सुमित्रा बुढाथोकी, पालिकाका बिभिन्न वडाका वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, सञ्चारकर्मि र सेवाग्राही गरी ३० जनाको सभागिता रहेको थियो ।

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech