प्रधानसेनापति प्रशंसा निशानबाट बाँकेका सिडियोसहित तीन सम्मानित

असल शासन प्रतिनिधि

काठमाण्डौं /  सेना दिवसको अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडियो) रामबहादुर कुरुम्वाङसहित तीन जना सम्मानित भएका छन् ।  सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उनीहरुलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ति पदकबाट सम्मानित गरिएको हो । सिडियोसहित स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र नेपालगन्जका पत्रकार कृष्ण अधिकारी पनि सम्मानित भएका छन् ।

कुरुम्वाङ र श्रेष्ठले कोभिड—१९ नियन्त्रण, व्यवस्थापन, निदान र उपचारमा उल्लेखनीय भूमिका निभाएको भन्दै प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ति पदक प्रदान गरिएको हो भने पत्रकार अधिकारीलाई कोरोनाको समयमा सूचना तथा सञ्चारका माध्यबाट उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै प्रधानसेनापति प्रशंसा निशान पदक प्रदान गरिएको हो । उनीहरुलाई  सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापाले पदक प्रदान गरेका हुन् ।

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech