६ लाख ठगी गरेका ठकुरी पक्राउ

असल शासन प्रतिनिधि

६ लाख ठगी गरेका ठकुरी पक्राउ

नेपालगन्ज / नेपाल प्रहरीमा जागिर लगाईदिने भन्दै रकम असुल गरेका आशिष मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बनाई दिने भन्दै ठगी गरेको भन्नै पिडितहरुको उजुरीको आधारमा बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का आशिष मल्ल ठकुरीलाई पक्राउ गरेको हो ।
सल्यान घर भएका भिम बहादुर घर्ती र तारा मन्तासँग प्रहरीमा भर्ना गराइदिने भन्दै ठकुरीले ६ लाख रुपैयाँ लिएका थिए । उनीहरुबाट रकम लिएपनि भर्ना नगरेको र पैसा फिर्ता माग्दा समेत फिर्ता नगरेपछि ठकुरीले ठगी गरेको भन्दै पिडितहरुले प्रहरीमा उजुरी गरेका थिए । यस अघि पटक पटक दिएको रकम फिर्ता गर्न आनाकानी गरेको र उल्टै धम्की दिने गरेको उजुरीमा उल्लेखछ ।
आफुलाई सामाजिक अभियन्ता बताउने ठकुरीले प्रहरीमा भर्ना गरिदिने आस्वाशन दिदै रकम ठगी गरेको जिल्ला प्रहरी प्रमुख ओम बहादुर रानाले बताए। ठकुरीले पीडितबाट एक पटक ४ लाख नगद र अर्को पटक २ लाख आइएमई मार्फत बुझेको प्रहरीको भनाई छ । पक्राउ परेका ठकुरी उपर ठगी मुद्दा चलाइने बाँके प्रहरी प्रमुख रानाले बताए ।

  • २७ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • Nabintech