समयमै उद्धार नहुँदा मुगुमा एक सुत्केरीको मृत्युु

असल शासन प्रतिनिधि

मुगु / समयमै उद्धार नहुँदा मुगुमा एक सुत्केरीको मृत्यु भएको छ ।

मुगुको सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले बताए ।

स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् ।

उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी प्रमुख जिल्ला अधिकारी शिवाकोटीले जानकारी दिए ।

फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र सेनाको हेलिकोप्टर सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाइ हुनुले पनि समयमै उद्धार नहुँदा शाहीलाई गुमाउनु परेको प्रजिअ शिवाकोटीले बताए ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech