बाँकेमा ४ वर्षको अवधिमा ८२ बहुविवाहको मुद्दा दर्ता

असल शासन प्रतिनिधि

बाँके/ बाँकेमा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म ८२  वटा बहु विवाहका मुद्दा दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा ३२ वटा वहु विवाहका मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा २४ र आर्थिक वर्ष २०७६/ ७७ मा १६ वटा बहु विवाहका मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को  माघ महिनामा मात्र १० वटा बहु विवाहका मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जसमा भाद्रमा ३, मंसिरमा २, श्रावण, असोज, पौष र माघमा १ /१ वटा मुद्दा दर्ता भएका छन् ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech