राप्ती सोनारीमा भेटिन्नन् कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत अनियमित हुँदा सास्ती

असल शासन प्रतिनिधि

जनताको सरकार घरदैलोमै आउँदा पनि सेवा लिन समय कुरेर थाक्नु पर्ने अवस्था बाँकेको राप्तीसोनारी गाउंँपालिकामा आएको छ । राप्ती सोनारी गाउँपालिकामा यो अवधिमा आधा दर्जन बढी प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन् । अधिकांश प्रमुख प्रशासकीय अधिकृतले ६ महिनाभन्दा बढी काम गर्न पाएका छैनन् । छिटो छिटो समयमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुँदै आएको राप्ती सोनारी गाउँपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत भएर पनि नभएजस्तै भएको छ ।

केही महिना अघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका नर बहादुर बिक कार्यालय समयमा कार्यालयमा नभेटिनुले कार्यालय हाकिमविहीन जस्तै भएको हो । नियमित जसो प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुनुले पालिकाको समग्र काममा असर परिरहेको पालिकाका कर्मचारीहरु बताउँछन् । पालिकामा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति नहुनुले गाउँपालिकाले विकासमा गति लिन समस्या उत्पन्न हुने गरेको प्रतिनिधिहरुको भनाइ छ ।

कामको लागि गाउँपालिकामा आउने सेवाग्राहीहरु प्रमुख प्रशासकीय अधिकृतलाई भेट्न नसक्दा खाली हात फर्किनु पर्ने अवस्था छ । प्रमुख प्रशासकीय अधिकृत बिक न त आपूm कार्यालयमा भेटिन्छन्, न कसैलाई निमित्त नै दिन्छन् । बिक प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएदेखिनै नियमित कार्यालयमा हाजिर भएको दिन बिरलै भएको सेवाग्राहीहरुको भनाइ छ ।

२/३ घण्टा लगाएर कामको लागि पालिकामा आउने गरेको भए पनि हामिक नभेटिँदा खाली हात फर्किनु परेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का एकजना सेवाग्राहीले असल शासन पोष्टलाई बताए । ‘१० सैं बजे गाउँपालिका पुगे पनि हाकिमको कुर्सी जहिले खाली हुन्छ, फोन गरे आउँदैछु भन्नु हुन्छ । दिनभरि बसेपनि भेट्न मुस्किल हुन्छ,’ ती सेवाग्राहीले भने ।

प्रमुख बिक कहिले बिहान एकछिन आएर फर्किने, कहिले बेलुकी ४/५ बजे मात्रै कार्यालयमा आउने र धेरैजसो दिनभरनै नआउने गरेको गाउँपालिकाका एकजना कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । सेवाग्राहीहरु प्रमुख प्रशासकीय अधिकृतलाई कुरेर गाउँपालिकामा दिनभर बसेको पाइन्छ । एउटा कामको लागि ३ दिनसम्म पालिका धाउँदा पनि हाकिम नभेटिँदा काम हुन नसकेको स्थानीयको गुनासो छ । गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले बुधबार एक कार्यक्रममा कार्यालयमा कर्मचारीहरु नहुँदा सेवाग्राहीले दुःख पाउने गरेको बताइन् । आफू कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था भए बिदा लिनु पर्ने, जनप्रतिनिधिलाई जानकारी दिनु पर्ने र आफू मातहतका कर्मचारीलाई निमित्त दिनु पर्ने कानुनी व्यवस्था भए पनि कसैलाई जानकारी नै नदिएर कार्यालयमा अनुपस्थित हुनुले गाउँपालिकाको काममा असर पर्ने गरेको खत्रीले बताइन् । उनको अनुपस्थितिमा विकास योजनाका कामहरुको नियमित अनुगमन गर्न समेत नसकेको खत्रीले बताइन् । प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा कम आउन थालेपछि कार्यपालिकाको बैठकमा समेत अन्य कर्मचारी उपस्थित नहुने र अनियमित हुने समस्या बढ्दै गरेको उनले बताइन् ।

उता राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकले स्थास्थ्य उपचारका लागि बाहिर गएकोबाहेक आफू नियमति रूपमा कार्यालय गएको दाबी गरेका छन् । उनले यस अगाडिको प्रमुख प्रशासकीय अधिकृत सरुवा भएको विषयमा चिक्त नबुझेपछि आफूलाई अनायासै नराम्रो पार्न खोजेको प्रतिक्रिया दिएका छन् । उनले बिहानदेखि दिउँसो १ बजेसम्म अनलाइन तालिम चलिरहेकाले १ बजेपछि ६ बजेसम्म सेवा दिइरहेको बताए पनि सेवाग्राहीले लामो समय कुर्दासमेत सेवा नपाएको गुनासो गरिरहेका छन् ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech