दिगो बिकासका लक्ष्यहरुबारे अभिमुखिकरण

असल शासन प्रतिनिधि

बाँके/दिगो बिकासका लक्ष्यहरु बारे युवाहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।

बासद्वारा बिगत तीन बर्ष देखि सञ्चालित ईन्सपाईरिंग युथको २०८ औं श्रृंखलालमा सो अभिमुखिकरण प्रदान गरिएको हो ।

युथ एड्भोकेसी नेपाल बाँके शाखा र बासको आयोजनामा सम्पन्न सो अभिमुखिकरणमा बासका कार्यकारी निर्देशक नमस्कार शाहले दिगो बिकासका लक्ष्यहरु बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रम संयोजक शोभा थापा मगरले सञ्चालन गरेको कार्यक्रममा युथ एड्भोकेसी नेपाल बाँके शाखाका संयोजक खेम बिष्टले स्वागत गरेका थिए ।

दिगो बिकासका लक्ष्यहरु बारे युवाहरुलाई जानकारी होस् भन्ने उद्धेश्यले अभिमुखिकरण आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
अभिमुखिकरणका सहभागिहरु ओजस्वि जोशी, जनक थापा लगायतले जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा ५० बढि युवाहरुको सहभागिता रहेको थियो ।

  • २८ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech