जन्ती बोकेको बस पल्टिँदा ३० घाइते

असल शासन प्रतिनिधि

अगैया/ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बैसामा जन्ती बोकेको गाडी पल्टिएको छ । शुक्रबार राति १० बजे ना३ख ९७५९ नम्बरको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

गाडी राप्तीसोनारी खैरेनीबाट जन्ती लिएर दाङको मौरीघाट जाँदै थियो । दुर्घटनामा घाइतेको शिक्षण अस्पताल कोहलपुरमा उपचार हुँदैछ भने घाइते मध्य एकजनाको अवस्था मध्यम र अन्य सबैको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

तस्बिरः सामाजिक सञ्जाल

  • २९ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • Nabintech